हाम्रो मत यसपटक खेर नजाओस् : दलित समुदाय


राजकुमार पासवान, सप्तरी ९ पुस । दलित समुदायका अगुवाहरुले आफ्नो मत यसपटक खेर नजाओस् भनेर रैली निकालेका छन् । “हरुवा चरुवाको लगत ली, परिचयपत्रको व्यवस्था गर”“सुरक्षित बास,खेती योग्य जमिन किसानलाई”“आघा नारी आघा पुरुष, जमिनमा हक बराबरी” नारा लगाई यसवर्ष नेपाल सरकारले नेल्सन मण्डेलाको निधनमा औपचारीक रुपमा नमानाए पनि गैर सरकारी संस्था सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको सहयोगमा र राष्ट्रिय भूमि अधिकार मञ्च, सप्तरीको आयोजनामा २०७० मंसिर २५ गते मंगलबार आ–आफ्नो अधिकारका प्राप्तिका लागि ६५ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाएको छ । नेपालभरिका तथा मधेशका भूमिहीन, हरुवा चरुवा तथा दलित समुदायहरुले अब दलित, भूमिहीन समुदाय तथा ग्रामिण भेगका सर्वसाधारण जनताहरुका लागि अब बन्ने संविधानसभा मार्फत गरिब, दलित तथा भूमिहीनका लागि आरक्षण, शिक्षा, स्वास्थ्य, गास, बाँस र कपास सुनिश्चितता गर्ने र सविधानको प्रस्तावनामा नै उल्लेख गर्नुपर्ने जोड दिएका छन् ।  जनआन्दोलन २०६२÷६३ तथा मधेश आन्दोलन पछि पहाड तथा मधेशका सम्पूर्ण भूमिहीन, दलित, जनजाती आदिवासी, अल्पसंख्यक तथा सीमान्तकृत जनताहरुलाई कसैले केही गरेन । राजनैतिक संगठन गाँउघरमा धेरै नै देखेको छु । न्यायको संगठन, विकाश तथा समाज निर्माण गर्न मुश्किल छ ।  यो भनाई सप्तरीको जगतपुर गाविस झनकट्टा गाउँका दिपक सदाको हो । उमेश ३० वर्ष कट्यो होला । दिनाभद्री भुमि अधिकार मंच निमार्ण गरिएको छ । ५ वर्षअघिदेखि निर्माण गरिएको संगठनमा आबद्ध छन् । कोशी टप्पु क्षेत्र नजिकै झौपरिमा रहेको एउटा सानो बस्तीमा यिनी बस्छन् । २२ घरधुरी सदा बस्तीमा एसएलसी पास गरेको युवा खोज्न धोधौं पर्छ । तर पनि कुनै संघ संस्थामा आउँदा कुरा बुझन अग्रसर हुने मध्ये यी सदा हुन । ३० वर्षीय सदा युवाले टोलभरिको महिला पुरुषलाई संगठित पार्ने काम थालेको छ । कुरा बुझँदा संगठित हुनु एउटा सवल पक्ष हो । भूमिहीन गरी खाने जग्गा जमिन नहुनु यिनीहरुको प्रमुख समस्या हो । आरक्ष क्षेत्रको भनाईअनुसार घर बसेको जग्गा घरवारी खनजोत गरेको जग्गा जमिनहरु हाललाई रोक लगाईएको छ । भूमि अधिकार मञ्चको संगठनमा लागेको छ । २२ घरधुरीको दुई बिगाहा १० धुर जग्गाको संरक्षण गर्न सवै मानिसहरु एक जुट हुन थालेका छन् । तसर्थ कुनै पनि कार्य संगठन मार्फत गरियो, भन्ने हुने रहेको छ । सदाको भनाईअनुसार हाम्रा पिता पुर्खाहरुले धेरै आफूलाई राज नेता भनाउनेलाई भोट दिएर जिताउँदै. आयो । ती जित्ने नेताहरुले गरिबको नानाथरिको भोक, दिन रातको जिवन बिताउने समस्याहरु बिर्सेर गए । विघटित संविधानसभाको चुनावपश्चात हामी र हाम्रो मुद्दामा कसैले चासो देखाएन । तसर्थ अब आउँदो संविधानसभामा भूमि अधिकार, हरुवा चरुवा, कृषि मजदुर, सना किसानको पक्षमा कार्य गनुपर्र्ने बताउँछन् । अर्का सप्तरीको हरिपुर ६ स्थित बसनपटी टोलका ५६ वर्षीय अगुवा हरुवा चरुवा दसन मण्डल(खत्बे) अहिले हरुवा चरुवा भूमि आन्दोलन एक अग्रसर दलित अगुवा समेत रहेका छन् । ८ वर्षका हुँदा बुवा फेपु खत्बै सँगै चरुवा काम गर्दा गर्दे हरुवा काम गर्न सिके पछि स्थानीय जनमिदार रामप्रसाद साहको घरमा काम, गाई बस्तु हेरचार र हरुवा चरुवा गर्दे आएको र हाल साहको काम गर्दै जिवन विताईरहेका छन् । हरुवा चरुवा दसन मण्डल(खत्बे) बताउँछन – बुवा आमा र मेरो पुर्खाहरुले कति नेताहरुलाई भोट दिएर जितायो । तर थाहा छैन । मेरो पुर्खाहरुले भोट के हो , कसका लागि हो । त्यो समेत थाहा रहेनछ । नेता त हाम्रो भगवानको रुप हो भन्ने गरेका रहेछन । पछि थाहाँ हुदाँ त यिनीहरु भोटको बेला मात्र ठुलो आश्वासन र सपना देखाएर जाने आउने एउटा माध्यम र दलित भूमिहीनहरुको भोट बैंकको रुपमा प्रयोग गर्ने शोषक सामन्तीको नेता पो रहेको थाहा पाएको हो, तर हामी र हाम्रा दलित समुदायहरुले यस पाली संविधानसभाको चुनावमा मत दिएको खेर नजाऔंस्, भन्नका लागि गाँस, बास र कपास अब बन्ने संविधानमा नै उल्लेख गर्नुपर्ने बताउँछन् ।                                                                            

0 comments

Write Down Your Responses

Powered by Blogger.