मदिरा सेवन गरेर होहल्ला गर्ने प्रहरीमाथि कारबाही भएन

मदिरासेवन गरी चौकीमा हो हल्ला गरीरहेका अस्थाइ प्रहरी चौकी चरमोहनाका प्रहरी हवल्दार विष्णुदयाल साहलाई जिल्ला प्रहरी कार्यालय बाराले विना कारवाही डिउटीमा खटाएको छ ।
आइतबारराती मदीरा सेवन गरी चौकीका प्रहरी र स्थानीय वासीलाई गाली गलौज र दुव्र्यवहार गरेको बेला इलाका प्रहरी कार्यालय कवही गोठका प्रहरी नायब निरीक्षक योगेस खरेलको नेतृत्वमा खटीएको टोलीले प्रहरी साहलाइ नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय बारामा बुझाएका थिए ।
स्थानीयको गुनासो पछि प्रहरीको हीरासतमा परेका प्रहरी हवल्दार साहलाइ जिल्ला प्रहरी कार्यालयले कारवाही नगरी पुनः सोमबार विहान चौकीमा डिउटी खटाएको हो । प्रहरी हवल्दार साह चरमोहना अस्थाई प्रहरी चौकीका इन्चार्ज हुन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक रामनाथ घिमिरेले भने डिउटी खटाउने विषएमा प्रहरी हवल्दार साह र प्रहरी जककवान विच विवाद उत्पन्न भएकाले सोधपुछका लागि बोलाइएको र विवाद मिलाई डिउटीमा फर्काइएको बताउनुभयो । उहँले मदीरा सेवन बारे आफुलाई केहि थाहा नभएको बताउनुभयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.