हमाल पोर्चुगलका लागि अवैतनिक महाबाणिज्यदूतमा नियुक्त

नेपाल सरकारले पोर्चुगलका लागि अवैतनिक महाबाणिज्यदुतमा नियुक्त गरेका मकर हमाललाई पोर्चुगल सरकारले पनि आधिकारीक रुपमा नियुक्त गरेको छ । maker२०६९ साल मंसिर १ गते विहीबार गरेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले पोर्चुगलका लागि हमाललाई नियुक्त गरेपनि आवश्यक छानविन गर्दै स्वीकृतिका लागि पोर्चुगल सरकारले ढिला गरेको थियो ।
 लिस्वनमा आधिकारीक कन्सुलर नहुदा पोर्चुगलमा रहेका नेपालीहरुले आफ्ना कागजी प्रकृयामा धेरै झण्झट ब्यहोर्नु परेका कारण नेपाल सरकारले कन्सुलर नियुक्ति गरेको हो । नेपाल पोर्चुगल मैत्रि संघका अध्यक्ष समेत रहेका हमालले नेपाल र पोर्चुगल सम्वन्धि विभिन्न सामाजिक तथा सास्कृतिक कृयाकलापमा सक्रिय भूमिका रहेको छ । बिगतमा लिस्वनमा बस्ने नेपालीहरुले कागज प्रमाणिकरणका लागि पोर्तो पुग्नुपर्ने समस्या झेल्दै आएका थिए ।
 नेपालीहरुका समस्यालाई मध्य नजर गर्दै सवैलाई पायक पर्ने ठाउँमा कार्यालय स्थापना गरेर यथाशिघ्र काम सञ्चालन गर्ने अवैतनिक महाबाणिज्यदुत हमालले जानकारी गराउनुभयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.