१४ लाखमा खिचियो हेमा र प्रियंकाको हट आइटम नृत्य
नेपाली चलचित्रका गीतलाई आकर्षक बनाउन निर्माताहरुले कञ्जुस्याई गरेका छैनन् । उसो त एक चलचित्रको गीतका लागि १४ लाख खर्च गरिएको सुन्दा तपाइलाई अचम्म पनि लाग्न सक्छ । चलचित्र ‘मोक्ष’मा समावेश एक कन्र्सट गीतको छायांकनका लागि १० लाख माथिको रकम लागेको दाबी निर्माता सुनिल मानन्धरले केही समय अघि गरेका थिए ।
हालै मात्र चलचित्र ‘हँसिया’को एक आइटम गीतका लागि पनि मोटो रकम खर्च गरिएको छ । ‘आजको रातमा यो भिडमा यो साँझमा’ बोलको गीतमा नायिकाद्धय हेमा श्रेष्ठ र प्रियंका कार्कीको हट अवतार देख्न सकिनेछ । यो गीतका लागि १४ लाख खर्च भएको निर्देशक मिलन चाम्सको दाबी छ । एक्सन आइटम गीत भनिएको यो गीतमा रेनशा राइको कोरियोग्राफी छ । रेनशाले यो गीत आफ्नो जीवनको अहिलेसम्मकै उत्कृष्ट भएको दाबी गरेकी छिन् ।
शिवानी मोक्तानले आवाज भरेको यो गीतमा कल्याण सिंहको संगीत, निल आङ्बुहाङ राइको शब्द छ । चलचित्रलाई दुर्गा घलेले निर्माण गरेका हुन् । चलचित्रमा राजेश हमाल, अनुप विक्रम शाही र हेमा श्रेष्ठको मुख्य भूमिका छ । अहिले सम्मकै महंगो भनिएको यो गीतलाई अंग्रेजी नयाँ बर्षमा सार्वजनिक गरिनेछ । काठमाण्डौमा चिसो मौसममा प्रियंका र हेमाको यो हट आइटम गीतले कत्तिको तताउने हो, यो हेर्न भने बाँकी नै छ ।


0 comments
Write Down Your Responses