दाइको निधनपछि भाइसँग सुष्माको मस्ती

‘मेरो निधन भएपछि मेरो भाईसँग नायिका सुष्का कार्कीले रोमान्स गर्नेछिन् ।’ आफ्नो नयाँ चलचित्रको ‘संजोग’को कथावस्तु खुलाउँदै नायक सविन श्रेष्ठले अनलाइखबरसँग भने । उनले अभिनय गरिरहेको चलचित्र ‘संजोग’को हाल विर्तामोडका विभिन्न स्थानमा छायांकन भइरहेको छ ।चलचित्रमा सविनका अलवा नायिका सुष्मा कार्की र प्रज्वल गिरीको मुख्य भूमिका छ । चलचित्रको छायांकन सुरु भएको २३ दिन भैसकेको छ । नायक सविन श्रेष्ठ भने छायांकनमा समावेश भएको दुई हप्ता भएको छ । चलचित्रको निर्माण यूनिट केही दृश्यको छायांकन गर्न काठमाण्डौ आउने तयारीमा छ । बेद प्रसाद भुर्तेलको निर्देशनमा तयार भएको यो सिनेमालाई उमेश र रमेश उप्रेतीले निर्माण गरिरहेका छन् । दुबै निर्माता बिर्तामोडका बासिन्दा हुन् ।
नायक सविन श्रेष्ठ पछिल्लो समय व्यस्त हुन थालेको पाइन्छ । हालै मात्र कमलकृष्णको निर्देशनमा तयार भएको दमदार सिनेमा सकेर उनी संजोगमा व्यस्त भएका हुन् । चलचित्रलाई पारिवारिक बिषयवस्तुमा रोचक तबरले ढालिएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.