»
माओवादीले 'सैन्य मोर्चा' बनाउने
माओवादीले 'सैन्य मोर्चा' बनाउने
काठमाडौ, मंसिर ३० -
नेकपा-माओवादीले 'जनविद्रोह' का लागि सहरमा 'सैन्य मोर्चा' बनाउने निर्णय गरेको छ ।
सात दिनदेखि राजधानीमा जारी केन्द्रीय समिति बैठकले तत्काल युवा मोर्चाको नाम परिवर्तन नगरे पनि अन्ततः सहर केन्दि्रत सैन्य मोर्चा बनाउने निर्णय गरेको हो ।
जनयुद्ध जगमा जनविद्रोहको कार्यदिशा प्रस्ट भएको उल्लेख गर्दै अध्यक्ष मोहन वैद्यले केन्द्रीय सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै भने, 'अब सहर केन्दि्रत आन्दोलनका लागि युवा मोर्चालाई सैन्य मोर्चामा ढाल्नुपर्छ ।' युवा मोर्चालाई त्यसैअनुसार प्रशिक्षण र तालिम दिनुपर्ने र आवश्यक परे परिचालन गर्नुपर्ने उनले बताए । गाउँभन्दा पनि सरह केन्दि्रत आन्दोलनका लागि संगठन सुधार्नुपर्ने उनले बताए ।
जनयुद्धका जगमा जनविद्रोहबारे प्रस्ट पार्न सदस्यहरूले नेतृत्वलाई दबाब दिएपछि उनले अन्तिम कार्यदिशा जनविद्रोह नै भएको बताएका थिए ।

Labels:

0 comments
Write Down Your Responses