‘पराई’को कमाइबाट शिव रेग्मीको परिवारलाई सहयोग गरिने‘पराई’को कमाइबाट शिव रेग्मीको परिवारलाई सहयोग गरिने

shiva-regmi-death-3निर्माता गोविन्द शाहीले आफ्नो चलचित्र ‘पराइ’को शुक्रबारको कलेक्शन मध्येको शेेयरको केही प्रतिशत स्वर्गिय निर्देशक शिव रेग्मीको परिवारलाई सहयोग गर्ने बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘शुक्रबार देशभरबाट हुने कलेक्शनको १५ प्रतिशत मध्ये आधा उहाँको परिवार र आधा शिव रेग्मी ट्रस्टलाई प्रदान गर्नेछु ।’स्वर्गिय रेग्मीले निर्देशन गरेको यो सिनेमा पौषको २६ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा गोविन्दका अलवा नन्दिता केसी, गरिमा पन्त, निरज बराल लगायतका कलाकारले अभिनय गरेका छन् । सामाजिक बिषयवस्तुलाई मुख्य केन्द्रमा राखेर बनाइएको यो सिनेमा हेर्न दर्शक पनि उत्साहित रहेको पाइन्छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.