पत्रकार पाल्पालीलाई अमेरिकावाट एक लाख रूपैयाँ सहयोग

दुवै मृगौला खराब भई उपचार समस्यामा परेका पत्रकार बिके पाल्पालीलाई नेपाल–अमेरिका पत्रकार संघ (नेजा)ले एक लाख एक रुपैयाँ सहयोग गरेको छ । नेपाल पत्रकार महासंघले आह्वान गरे अनुसार अमेरिकामा रहेका विभिन्न सञ्चारकर्मीहरुको साझा संस्था नेजाले उक्त रकम संकलन गरी उपलब्ध गराएको हो । उक्त रकमलाई नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष शिव गाउलेँले आइतवार पाल्पालीको श्रीमती रेणुका भट्टराईलाई हस्तान्तरण गर्नुभयो ।
महासंघको सञ्चारग्रामस्थित कार्यालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष गाउँलेले उक्त रकम प्रदान गर्दै नेजाको सहयोग अमूल्य रहेको बताउनुभयो । ‘यसले पत्रकारलाई अप्ठेरो पर्दा विश्वका जुनसुकै ठाउमा रहेका पत्रकारहरु एक जुट हुने सन्देश दिएको छ’, उहाले भन्नुभयो ।
नेजा अध्यक्ष आङ्गछिरिङ्ग शेर्पाले पाल्पालीको उपचारमा सहयोग गर्न महासंघले सुरु गरेको पत्रकार बचाउन अभियान अन्तर्गत अमेरिकामा उठेको रकम महासंघमा पठाउनुभएको थियो । महासंघ र नेजा दुई संस्थाबीच एक अर्काको हित प्रवद्र्धनमा काम गर्ने गरी एक वर्ष अघि समझदारी समेत भएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.