महिलाहरुको प्रयासमा स्रोत भवन

लहान, २ पुस । घरधन्दा र मेलापात गर्दै आफ्नो दैनिकी गुजार्न बाध्य ग्रामीण महिलाहरु सङ्गठित भएपछि करिब रु ७ लाखको लागतमा महिला स्रोत भवन बनाएका छन् ।
सिरहाको भदैया गाविसस्तरीय घरेलु महिला हिंसाविरुद्ध सञ्जालमा आबद्ध महिलाहरुले तीन वर्षको अथक प्रयासमा दुईकोठे पक्की स्रोत भवन बनाएको सञ्जालकी अध्यक्ष ज्ञानीबती चौधरीले जानकारी दिनुभयो ।
सञ्जालकी कोषाध्यक्ष सीतादेवी पासवानका अनुसार भदैया गाविसको आव २०६७÷६८ देखि २०६९÷७० सम्म लक्षित समूहको बजेटअन्तर्गत महिलाहरुबाट प्राप्त रु ४ लाख ६८ हजार ४२३ र लहानस्थित दलित जनकल्याण युवा क्लबबाट प्राप्त रु दुई लाखसहित रु ६ लाख ६८ हजार ४२३ को लागतमा भवन बनाएका हुन् ।
भदैया गाविसका सचिव सत्यनारायण चौधरीले  महिलाहरुको प्रयासमा भदैया(३ बिसनपुरमा रहेको गाविस कार्यालय परिसरमा निर्माण भएको भवन नमूना भएको
बताउनुभयो ।
स्रोत भवन बनेपछि महिलाहरुको अतिरिक्त गाविसस्तरीय कुनै पनि कार्यक्रम गर्न सार्वजनिक विद्यालय धाउनु नपर्ने भएको सञ्जालका महिलाहरु बताउँछन् ।
सञ्जालमा आबद्ध महिलाहरु गाविस क्षेत्रमा हुने घरेलु महिला हिंसाविरुद्ध लाग्नुका साथै स्थानीय विकास निर्माणका कामहरुमा पनि सङ्गठित रुपले लाग्न थालेको पूर्व गाविस अध्यक्ष मो आसिन मियाँले बताउनुभयो । 

0 comments

Write Down Your Responses

Powered by Blogger.