मध्यपश्चिम मेलामा हेलिकोप्टरलाई भ्याई नभ्याई
सुर्खेतको वीरेन्द्रनगरमा चलिरहेको मध्यपश्चिम व्यापार तथा पर्यटन मेलामा ल्याइएको हेलिकोप्टरलाई पर्यटक घुमाउन भ्याई नभ्याई भएको छ । महोत्सव आयोजकले सुर्खेत भ्याली र मध्यपश्चिमका पर्यटकीय स्थलहरु भम्रण गर्न चाहानेलाई हेलिकोप्टर प्योकज सञ्चालन गरेको छ । महोत्सव सुरु भएदेखि नै हेलिकोप्टरमा चढेर भम्रण गर्नेहरुको भीड लागेको आयोजकले जनाएको छ ।
हेलिकोप्टर प्याकेजका संयोजक इन्द्र थापाले अहिले सम्म २५ वटा फलाइट हेलिकप्टर उडिसकेको जानकारी दिनुभयो ।एउटा फलाइटमा ४ जना सवार गर्न पाउने आयोजकले जनाएको छ । अहिलेसम्म हेलिकप्टर प्याकेजवाट ५ लाख रुपैयाँ बराबरको रकम उठेको थापाले जानकारी दिनुभयो । मध्यपश्चिमका पर्यटकीय स्थलहरु राराताल, से फोक्सुन्डो, पञ्चकोसी लगायतका स्थलहरुमा मौसमको खरावीले फलाइट वुकिङ भएपनि जान नसकिएको उहाँले जानकारी दिनभुयो ।
शुक्रवारबाट भने मौसममा सुधारका कारणा त्यस क्षेत्रको उडान सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, सुर्खेत उद्योग वाणिज्य संघ र वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त आयोजनामा मंसिर २८ गते देखि सुरु भएको मेला पुस ७ गते सम्म चल्ने छ ।


0 comments
Write Down Your Responses