जीएमआरले भन्यो- वातावरण बनाइदिनुस, लगानी गर्न तयार छौं
उर्जा तथा पूर्वाधारका क्षेत्रमा विश्वका थुप्रै मुलुकमा ख्याती कमाएको भारतीय लगानी तथा निर्माता कम्पनी जीएमआर कम्पनीले नेपालमा जलविद्युत तथा उर्जाका क्षेत्रमा लगानी अगाडि बढाएको छ । अर्थमन्त्री शंकरप्रसाद कोइरालासँग भएको भेटमा ईनर्जी कम्पनीका अध्यक्ष जीबीएस राजुले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकाले आफूहरु यहाँ लगानी गर्न उत्साही भएको बताउनुभयो ।
अन्तर्राष्ट्रिय वित्तीय संस्था (आईएफसी) को सहयोगमा नेपालमा माथिल्लो मस्र्याङदी आयोजनाको सम्झौता गरेको जिएमआरले अन्य ठूला आयोजनाहरुमा पनि काम गर्ने इच्छा देखाएको छ । आफूहरुले विश्वका थुप्रै राष्ट्रहरुमा जलविद्युत, नागरिक उड्डयन र भौतिक पूर्वाधारका क्षेत्रमा विज्ञता र विश्वसनीयता हासिल गरेको बताउँदै अध्यक्ष राजुले नेपालमा पनि यसखाले काम गर्न सरकारसँगको साझेदारी चाहेको बताउनुभयो ।
सो अवसरमा मन्त्री कोइरालाले नेपालमा ठूलाठूला आयोजनाहरुको प्रचुर सम्भाव्यता रहेको बताउँदै यस्ता आयोजनाहरुमा जीएमआरसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । मन्त्री कोइरालाले आईएफसीसंग सहकार्य गरेकोमा बधाई दिँदै नेपालमा काम गरेर यहाँ लगानीमैत्री वातावरण छ भन्ने सन्देश प्रवाह गर्न आग्रह गर्नुभयो ।


0 comments
Write Down Your Responses