काठमाडौं । सन् २०१४ मा ब्राजिलमा हुन लागेको विश्वकप फुटबल प्रतियोगिताको समूह चरणको खेल तालिका गयराति सार्वजनिक भएको छ । ब्राजिलमा भएको एक भव्य कार्यक्रमकाबीच विश्वकपको समूह चरणको खेल तालिका सार्वजनिक गरिएको हो । सार्वजनिक भएको समूह चरणको खेल तालिकाअनुसार युरोपका सशक्त ४ वटा देशहरुले समूह चरणमै प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । world cupदक्षिण अफ्रिकामा भएको सन् २०१० को विश्वकपको उपाधि भिडन्तमा पराजित नेदरल्याण्डले समूह चरणमै विश्व विजेता स्पेनसँग भिड्नुपर्ने भएको छ । समूह ‘बी’ मा रहेका स्पेन र नेदरल्याण्डसँगै चिली र अष्ट्रेलिया रहेका छन् । यो विश्वकमाा समूह ‘जी’ लाई गु्रप अफ डेथ मानिएको छ । यो गु्रपमा जर्मनी र पोर्चुगलको भेट समूह चरणमै हुने भउको छ । यो ग्रुपमा जर्मनी र पोर्चुगलसँगै अमेरिका र अफ्रिकन ड्राक हर्स घाना पनि रहेको छ । पछिल्लो समय कम्जोर पर्दशन गरिरहेको इङ्ल्याण्डले पनि समूह चरणमै कडा प्रतिद्वन्द्वी पाएको छ । समूह ‘डी’ माा रहेको इङ्ल्याण्डले इटली, सन् ०१० को विश्वकपको सेमिफाइनलिस्ट उरुग्वे र कोष्टारिकासँग भिड्नुपर्ने भएको छ । यो विश्वकपको दाबेदारका रुपमा हेरिएको आयोजक ब्राजिलले समूह चरणमा केही सहज प्रतिद्वन्द्वी पाएको छ । समूह ‘ए’ मा रहेको उसले क्रोएसिया, मेक्सिको र क्यामरुनसँग प्रतिस्पर्धा गर्नुपर्ने तालिका सार्वजनिक भएको छ । एसियाको महाराथि जापान समूहमा ‘सी’ मा रहेको छ । उसले कोलम्बिया, ग्रिस र आईभोरीकोष्टसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । समूही ‘ई’ मा रहँदै सन् २००२ को विश्वविजेता फ्रान्सले स्वीटजरल्याण्ड, इक्वेडर र होन्डुरससँग भिड्ने भएको छ । विश्वकप छनौट चरणका खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै यो विश्वकपको अर्को दावेदारका रुपमा हेरिएको दक्षिण अमेरिकी पावर हाउस अर्जेन्टिनले पनि समूह ‘एफ’ मा रहँदै सहज प्रतिस्पर्धी भेटाएको छ । अर्जेन्टिनाले समूह चरणमा बोस्निया हर्जगोभिना, एसियाली मुलुक इरान र नाइजेरियासँग प्रतिस्पर्धा गर्ने भएको हो । केही वर्षयता उत्कृष्ट खेलाडीहरुले प्रभाव जमाइरहेको युरोपेली मुलुक बेल्जियम समूह ‘एच’ मा रहेको छ । बेल्जियमसँग एसियाको अर्को सशक्त देश दक्षिण कोरियाले समूह चरणमा प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । समूह ‘एच’ मा बेल्जियम र दक्षिण कोरियासँगै रसिया र अल्जेरिया रहेका छन् । ब्राजिलका १२ सहरमा अर्को वर्ष जुन १२ देखि हुने विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेल आयोजक ब्राजिल र क्रोएसियाबीच साओ पाउलोमा हुनेछ ।

काठमाडौं । सन् २०१४ मा ब्राजिलमा हुन लागेको विश्वकप फुटबल प्रतियोगिताको समूह चरणको खेल तालिका गयराति सार्वजनिक भएको छ । ब्राजिलमा भएको एक भव्य कार्यक्रमकाबीच विश्वकपको समूह चरणको खेल तालिका सार्वजनिक गरिएको हो । सार्वजनिक भएको समूह चरणको खेल तालिकाअनुसार युरोपका सशक्त ४ वटा देशहरुले समूह चरणमै प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।
world cupदक्षिण अफ्रिकामा भएको सन् २०१० को विश्वकपको उपाधि भिडन्तमा पराजित नेदरल्याण्डले समूह चरणमै विश्व विजेता स्पेनसँग भिड्नुपर्ने भएको छ ।  समूह ‘बी’ मा रहेका स्पेन र नेदरल्याण्डसँगै चिली र अष्ट्रेलिया रहेका छन् ।
यो विश्वकमाा समूह ‘जी’ लाई गु्रप अफ डेथ मानिएको छ । यो गु्रपमा जर्मनी र पोर्चुगलको भेट समूह चरणमै हुने भउको छ । यो ग्रुपमा जर्मनी र पोर्चुगलसँगै अमेरिका र अफ्रिकन ड्राक हर्स घाना पनि रहेको छ ।
पछिल्लो समय कम्जोर पर्दशन गरिरहेको इङ्ल्याण्डले पनि समूह चरणमै कडा प्रतिद्वन्द्वी पाएको छ । समूह ‘डी’ माा रहेको इङ्ल्याण्डले इटली, सन् ०१० को विश्वकपको सेमिफाइनलिस्ट उरुग्वे र कोष्टारिकासँग भिड्नुपर्ने भएको छ ।
यो विश्वकपको दाबेदारका रुपमा हेरिएको आयोजक ब्राजिलले समूह चरणमा केही सहज प्रतिद्वन्द्वी पाएको छ । समूह ‘ए’ मा रहेको उसले क्रोएसिया, मेक्सिको र क्यामरुनसँग प्रतिस्पर्धा गर्नुपर्ने तालिका सार्वजनिक भएको छ ।
एसियाको महाराथि जापान समूहमा ‘सी’ मा रहेको छ । उसले कोलम्बिया, ग्रिस र आईभोरीकोष्टसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।  समूही ‘ई’ मा रहँदै सन् २००२ को विश्वविजेता फ्रान्सले स्वीटजरल्याण्ड, इक्वेडर र होन्डुरससँग भिड्ने भएको छ ।
विश्वकप छनौट चरणका खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै यो विश्वकपको अर्को दावेदारका रुपमा हेरिएको दक्षिण अमेरिकी पावर हाउस अर्जेन्टिनले पनि समूह ‘एफ’ मा रहँदै सहज प्रतिस्पर्धी भेटाएको छ । अर्जेन्टिनाले समूह चरणमा बोस्निया हर्जगोभिना, एसियाली मुलुक इरान र नाइजेरियासँग प्रतिस्पर्धा गर्ने भएको हो ।
केही वर्षयता उत्कृष्ट खेलाडीहरुले प्रभाव जमाइरहेको युरोपेली मुलुक बेल्जियम समूह ‘एच’ मा रहेको छ । बेल्जियमसँग एसियाको अर्को सशक्त देश दक्षिण कोरियाले समूह चरणमा प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । समूह ‘एच’ मा बेल्जियम र दक्षिण कोरियासँगै रसिया र अल्जेरिया रहेका छन् ।
ब्राजिलका १२ सहरमा अर्को वर्ष जुन १२ देखि हुने विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेल आयोजक ब्राजिल र क्रोएसियाबीच साओ पाउलोमा हुनेछ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.