आगामी माघको दोस्रो साता लमजुङ महोत्सव हुने भएको छ । आगामी माघ १० गतेदेखि १९ गतेसम्म महोत्सव गर्न लागिएको हो । लमजुङ सदरमुकाम बेसीशहरमा हुने महोत्सवको तयारी तीव्र पारिएको महोत्सव आयोगक समितिका संयोजक एवं लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भेषबहादुर पौडेलले शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । लमजुङ महोत्सवको मुख्य आकर्षण लमजुङको घलेगाउँ लगायतका ग्रामीण पर्यटकीय गाउँलाई बनाइने भएको छ । महोत्सवमा घुम्न आउने आन्तरिक एवं बाह्य पर्यटकलाई घलेगाउँ, काउलेपानी, सिउरुङ लगायतका पर्यटकीयस्थलहरुमा घुम्न विशेष प्याकेज बनाइएको आयोजकले जनाएको छ । lamjungकाठमाडौंबाट लमजुङ पुग्ने पाहुनालाई तीन दिन दुई रात र लमजुङबाट जाने पाहुनालाई दुई दिन एक रातको प्याकेज बनाएको हो । घलेगाउँ लगायतका पर्यटकीय गाउँ पुग्ने पर्यटकलाई त्यहाँका स्थानीय बासिन्दाहरुबाट विभिन्न पराम्परागत साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ । त्यस्तै, महोत्सवस्थल बेसीशहरमा घलेगाउँ, घनपोखरा, सिउरुङ, भुजुङ, पसगाउँ, काउलेपानी, गाउँशहर लगायतका पर्यटकीयस्थलका सूचना केन्द्र राखिने भएको छ । “उद्योग, व्यापार, पर्यटन तथा कृषिको प्रबर्द्धन, जल विद्युतमा लगानी र संस्कृतिको संरक्षण” भन्ने मुलका साथ महोत्सव हुन लागेको हो । महोत्सवका आकर्षणहरुमा प्याराग्लाइडिङ, औद्योगिक तथा व्यापारिक प्रदर्शनी, परम्परागत सँस्कृति प्रदर्शनी, राष्ट्रिय लोक दोहोरी गीत कार्यक्रम, कृषि, जडिबुटी र हस्तकला प्रदर्शनी, परम्परागत खाना महोत्सव, बालउद्यान, माविस्तरीय लोकनृत्य प्रतियोगिता, पश्चिमाञ्चल विकास क्षेत्रस्तरीय कविता प्रतियोगिता, पुष्प प्रदर्शनी, सरकारी तथा गैरसरकारी निकायको गतिविधि प्रदर्शनी लगायतका छन । महोत्सवका स्टल बुकिङ कार्य धमाधम महोत्सवका अतिथि सत्कार उपसमिति संयोजक प्रमोदकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
माघमा लमजुङ महोत्सव हुने
Powered by Blogger.
0 comments
Write Down Your Responses