दुई दिनमा १ लाखले हेरे मेला

Print Friendly and PDF सुबिसु क्यान इन्फोटेकको दोस्रो दिन बिहीबारसम्म झन्डै १ लाख मेला अवलोकन गरेका छन् । दोस्रो दिन ४५ हजार १ सय ९८ जनाले अवलोकन गरेको क्यानका महासचिव अमृत पन्तले जानकारी दिए ।
मेलाको दोस्रो दिन विभिन्न कम्पनीले नयाँ उत्पादनहरू विभिन्न अफरसहित सार्वजनिक गरेका छन् । यसदिन विशेषगरी नेपाल टेलिकम, इन्टरनेट प्रदायक, स्मार्टफोन, ट्याब्लेट, ल्यापटप, कम्प्युटर, इन्भर्टर, ब्याट्री, सफ्टवेयर, एन्टिभाइरस, मेडिकल उपकरण, फोटोकपी, प्रिन्टर, प्रोजेक्टर र स्क्यानरका स्टल आकर्षणको केन्द्र बनेका थिए ।
इन्फोटेकमा नेपाल टेलिकमले उपलब्ध गराएको १ सय रुपैयाँ ब्यालेन्ससहितको थ्रीजी सिम लिनेहरूको घुँइचो लागेको थियो । शीर्ष प्रायोजक सुबिसु केबलनेटले ल्याएको फाइबर इन्टरनेटमा समेत दर्शक झुम्मिएका थिए । सुबिसुले फाइबरयुक्त इन्टरनेट सर्वसाधारणलाई लक्षित गर्दै इन्फोटेकमा सार्वजनिक गरेको हो ।
यस्तै किभी मोबाइलको थ्रीडी ट्याब स्मार्टफोनले पनि दर्शकको ध्यान तानेको थियो । थ्रीडी ग्लास निःशुल्क उपलब्ध हुने यो फोनमा बिमाको व्यवस्थासमेत गरिएको छ । ८ मेगा पिक्सेलको क्यामेरा रहेको यो फोनमा थ्रीडी गेमको सुविधासमेत रहेको छ ।
प्लाटिनम स्पोन्सर नियोटेरिक नेपालले ल्याएको डेल ब्रान्डका चौथो पुस्ताका टचस्क्रिनसहितका ल्यापटपहरू, नियो ट्याब्लेट तथा फ्याब्लेटले पनि अवलोकनकर्ताको ध्यान आकषिर्त गरेको थियो । त्यस्तै इन्फोटेकमा पहिलो पटक सार्वजनिक गरिएको नेपालमै बनेको एसियन ब्याट्रीले राखेको रोबोटले मनोरञ्जन दिएको थियो ।
सामसङले सार्वजनिक गरेको ग्यालेक्सी स्टार प्रो र ग्यालेक्सी एस ड््युस २ का बारेमा जिज्ञासा राख्नेहरू आईएमएसको स्टलमा झुम्मिएका थिए । टेलिटकले ल्याएको कलर्सका नयाँ स्मार्टफोन र जेनेरेसन नेक्स्टका विभिन्न मोडलका अत्याधुनिक सीसीभीटी, ल्यापटप, अल्ट्राबुक, पि्रन्टर, प्रोजेक्टर, स्क्यानरलगायतमा अवलोकनकर्ता जिज्ञासा मेटाउँदै थिए ।
बीपीईको 'भमा थिन क्लाइन्ट' मल्टी पीसीले प्रविधिप्रेमीलाई तानेको छ । यस पीसी विन्डोज एक्सपी, विन्डोज ७ र विन्डोज एक्सपी र ७ गरी तीन मोडलमा उपलब्ध छ । इन्फोटेकमा मेलामा नोट काउन्टिङ मेसिन, एटेन्डेन्स मेसिनलगायत खरिद गर्नेहरूको भिड लाग्यो । नेपा हिमा ट्रेडलिंकले सोनीका विभिन्न मोडलका क्यामेरा सार्वजनिक गरेको छ ।
ओम्नी बिजनेसको किपोर जेनेरेटर पनि आकर्षणको केन्द्र बन्यो । सागर ग्रुपले विभिन्न मोडलको ट्याब्लेट तथा क्यास्पेरेस्की एन्टिभाइरस र इन्टरनेट सेक्युरिटीहरू छुटसहित उपलब्ध गराएको छ ।
दोस्रो दिन देखिएको अवलोकनकर्ताहरूको उत्साहजनक सहभागिताले ऊर्जा मिलेको क्यान महासचिव पन्तले बताए । इन्फोटेक पुस २३ गतेसम्म सञ्चालन हुने छ ।






0 comments

Write Down Your Responses

Powered by Blogger.