१७ लाख हल भाडा तिरेर मलेसियामा भव्य अवार्ड गर्दै नेफ्टा
माघ १७ गते मलेसियामा नेपाल चलचित्र प्राविधिक संघले ‘छैटौ नेफ्टा फिल्म अवार्ड’ गर्ने भएपछि अहिले यसको तयारी पनि तिब्र बनाइएको छ । काठमाण्डौमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा नेफ्टाको तयारी र आयोजना हुन लागेको हलको बिषयमा जानकारी गराइएको हो ।
चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले अवार्ड हुने हल सेतिआलमको सेतियाजयाको दृश्य समेत प्रस्तुत गरेका थिए । यो हलका लागि आयोजकले करिब १७ लाख नेपाली रुपैया वुझाएको जानकारी दिइएको छ । यस्तै कलाकारहरुलाई लगेर राखिने होटल देखि त्यहाँको तयारीको बारेमा पनि कार्यक्रममा जानकारी दिइएको थियो । माघ १७ गते हुने अवार्डका लागि नेपालबाट १ सय जनाको टोली मलेसिया पुग्नेछन् । आयोजकले ५५ रिङगेटमा दर्शकले कार्यक्रम हेर्न पाउने जनाएको छ ।
कार्यक्रममा मलेसियाबाट आएका रजितलाई नेपाली टोपी पहिर्याइदिएर स्वागत गरिएको थियो । मलेसियामा हुने अवार्डका लागि आफूले सक्दो सहयोग गर्ने रजितले बताए । यस्तै कार्यक्रममा हालै मात्र मलेसिया पुगेर आएका कलाकार सुनिल थापाले अवार्ड तयारी र त्यसका लागि आइपर्ने विभिन्न समस्याको बारेमा जानकारी गराएका थिए । मलेसियामा अवार्ड गर्नको लागि निर्माता सुवास गिरीको प्रयासले संभव भएको हो ।


0 comments
Write Down Your Responses