४३ केजी गा“जा बरामद



पुष २१ गते÷महोत्तरीको नैनी गाविस ७ बाट राजस्व चुवाहट गुल्मले शनिवार बिहान ४३ किलोग्राम गाँजा वरामद भएको छ । सीमामा हुने तस्करी नियन्त्रणको लागी महोत्तरीमा सशस्त्र प्रहरी सम्मिलत राजस्व चुवाहट गुल्मको गस्ती       टोलीले उक्त गाँजा बरामद      गरेको हो । चारवटा पोका बनाएर भारत तर्फ निकासी गर्न लैजादै गर्दा  गाँजा बरामद भएको          राजस्व चुवाहट गुल्मले जनाएको छ । गुल्मको गस्ती टोलीलाई देख्न साथ पोका छोडेर        केही ब्यक्ती भागेको र शंखाको आधारका चेकजाँच गर्दा सो पोकामा गाँजा भेटिएकोे सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय महोत्तरीका    प्रहरी उपरीक्षक भुवनेश्वर    चौधरीले बताउनुभयो । बरामद भएको गाँजा गुल्मले जिल्ला     प्रहरी कार्यालय       महोत्तरीको जिम्मा लगाएको छ भने गाँजा बरामदको सम्बन्धमा अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक राजेन्द्रबावु रेग्मीले जानकारी दिनुभएको । जिल्लाको बिभिन्न नाका हुदै गाँजा भारत तर्फ निकासी हुनेगरेको छ ।       महोत्तरीको बिभिन्न स्थान तथा मकवानपुर, पर्सा, रौतहटमा उत्पादन हुने गाँजा प्रहरी प्रशासनकै मिलेमतोमा भिट्टामोड नाका हुदै भारत तर्फ निकासी हुने नाकामा बसोबास गर्नेहरुले बताएका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.