कामदार कोरिया पठाउनेमा नेपाल उत्कृष्ट, २० हजार नेपाली कोरियामा
१६ मंसिर, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियामा व्यवस्थित ढंगले कामदार पठाउने १५ मुलुकमध्ये नेपाल पहिलो भएको छ । नेपाल बाहेक चीन, उज्वेकिस्तान, म्यानमार, बंगलादेश, श्रींलकालगायत १५ मुलुकले ईपीएसमार्फत कामदार पठाउँछन् ।
कोरियाको मावसंसाधन विकास (एचआरडी)ले छोटो समयमा पारदर्शी रुपले कामदार पठाउनुका साथै गैरकानुनी कारदारलाई निरुत्साहित गरेको भन्दै नेपाललाई उत्कृष्ट घोषणा गरेको हो ।
ईपीएसमार्फत कामदार पठाउने मुलुकको अनुभव आदानप्रदान समारोहमा मन्त्रालयले नेपाललाई पुरस्कृत गरेको हो । वैदेशिक रोजगार विभागका महानिर्देशक विनोद केसी र कोरिया शाखा प्रमुख डिल्लीराम बाँस्तोलाले कामदार पठाउने प्रक्रियाबारे प्रस्तुत गरेको प्रतिवेदनले नेपाललाई जिताएको हो ।
२० हजार नेपाली कोरियामा
दक्षिण कोरियाको तथ्यांक विभागका अनुसार नेपालीहरुको संख्या २० हजार ४ सय ७० पुगेको छ । यीमध्ये १३ सय ६१ अवैधानिक हैसियतका छन् । तथ्यांकअनुसार कोरियामा १४ लाख ८९ हजार ६ सय ३२ आप्रवासी नागरिक छन् । यी मध्ये कानुनी रुपमा स्थायी बसोबास गर्नेको संख्या २ लाख ६ हजारभन्दा बढी छ भने ३ लाख भन्दा बढी अबैधानिक छन् ।
कोरियामा रहेका आप्रवासी नागरिकमध्ये नेपाल १४ औ राष्ट्रमा परेको छ ।
0 comments
Write Down Your Responses