मलेसियाबाट ८ सय नेपाली श्रमिकको उद्दार
१४ मंसिर, क्वालालम्पुर । मलेसियामा अबैधानिक रुपमा कार्यरत करिव ८ सय नेपाली कामदारलाई क्वालालम्पुरस्थित नेपाली राजदूतावासको पहलमा उद्दार गरी नेपाल फर्काइएको छ ।
दूतावासले शुक्रबार दिएको जानकारीअनुसार गत सेप्टेम्बरयता करिव ८ सय नेपाली कामदारको उद्दार गरिएको छ । दूतावासले अध्यागमन विभागका पदाधिकारीसंग छलफल र समन्वय गरी विभागले तोकेको अधिकतम जरीवाना तिर्न नसक्ने, महिला, विरामि, अशक्त र कमजोर अवस्थाका नेपाली श्रमिकलाई नेपाली दुतावासले नै अध्यागमन विभागसम्म लगि न्युन शुल्क (पाँच सय रिँगेट)मा एक्जीट पास उपलब्ध गराई उद्धार गरेको जनाएको छ ।
यसैगरी हालै गि्रन सिटि कलेजमा नेपालीविधार्थीहरु अलपत्र परेको भन्ने गुनासो आएपश्चात तत्कालै दुतावासले कलेज प्रशाशनतथा पिडित विधार्थीहरु संग छलफल गर्नुका साथै लगातार सम्पर्कमा रहि समस्या समाधान गर्ने तर्फ पहल गरिरहेको जनाएको छ ।
नेपालीको हितमा काम गर्ने छु- राजदूत बस्न्यात
यसैवीच मलेसियाका लागि नवनियुक्त नेपाली राजदुत डा. निरन्जनमान सिंह वस्न्यातले आफ्नो कार्यकालभरी नेपाल र नेपालीको हितमा काम गर्ने बताउनुभएको छ । शुक्रबार मलेसियामा रहेका संचारकर्मी, गैर आवासिय नेपाली संघका पदाधिकारी, व्यापारी, बुद्धिजिविलागयत सँगको पहिलो अन्तरक्रियामा राजदूत बस्न्यातले सवैको साथ र सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
हालको दूतावास साँघुरो भएकाले अलि फराकिलो र खुला स्थानमा दूतावास सार्ने तयारी भइरहेको जानकारी दिँदै राजदूत बस्न्यातले दुई महिनाभित्र दूतावास सारिसक्ने बताउनुभयो ।
नेपालीदुतावासको सेवा वाट कोहि पनि वन्चित हुन नपरोस भन्दै पेनाङ र जोहोरवारुवाट समेत सेवा दिने साँेचाई वनाएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा उपस्थित सवैले दुतावासको कामलाई चुस्त र दुरुस्त पार्न दूतावासले सहयोग मागेको खण्डमा सधै सहयोग गर्न तयार रहेको जनाएका थिए । २१ दिनअघि मलेसिया आई कार्यभार सम्हाल्नुभएका राजदूत बस्न्यातले पहिलोपटक सार्वजनिक कार्यक्रममा आफ्नो धारणा राख्नुभएको हो ।
0 comments
Write Down Your Responses