वीरगन्जका डाक्टर कर तिर्दैनन्
मंसिर १६ - लाखौं आम्दानी भएपनि वीरगन्जका आधा चिकित्सकले स्वास्थ्य सेवा कर तिर्दैनन् । लामो समयदेखि अटेर गरी राज्यलाई कर नतिर्ने यहाूका चिकित्सकलाई आन्तरिक राजश्व कार्यालय वीरगन्जले कडाई थालेको छ । कार्यालयले स्वास्थ्य सेवा कर नतिर्ने ६ दर्जनभन्दा बढी चिकित्सकलाई करको दायरामा ल्याउने गृहकार्य शुरु गरेको हो ।
करको दायरामा नआएका चिकित्सकलाई पटक- पटक आग्रह गरिएकाले कडाईको तयारी भइरहेको कार्यालयका प्रमुख कर अधिकृत अर्जुनप्रसाद भट्टराई बताउँछन् । 'मासिक लाखौं कमाउने डाक्टर पनि कर तिर्न मान्दैनन्,' भट्टराईले भने, 'सबै चिकित्सकको तथ्यांक संकलन गरी उनीहरूले कर बुझाए/नबुझाएको बारे गम्भीर अनुसन्धान गर्ने छौं ।'
चिकित्सकले बिरामीको जाूचमा लिने र ल्याबको सेवा शुल्कमा लिइने शुल्कको ५/५ प्रतिशत स्वास्थ्य सेवा कर तिर्नु पर्ने प्रावधान छ । यहाूका करिब १ सय ५० चिकित्सकमध्ये ७५ मात्र करको दायरामा आएका छन् । तीमध्ये १६ दन्त, १९ औषधि र ३ नेत्र विशेषज्ञ छन् । नेपाल चिकित्सक संघ नारायणीमा १ सय ४८ चिकित्सक दर्ता छन् । संघमा दर्ता नभएका करिब २ दर्जन चिकित्सक अहिलेपनि विभिन्न स्वास्थ्य संंस्थामा कार्यरत छन् ।
गत साउनदेखि कात्तिक मसान्तसम्ममा आन्तरिक राजश्व कार्यालय वीरगन्जले स्वास्थ्य सेवा कर वापत २१ लाख ४९ हजार रुपैयाू मात्र राजश्व संकलन गरेको छ । सबै चिकित्सक करको दायरामा आएमा त्यसको दोब्बर राजश्व संकलन हुन्छ । यहाूस्थित नारायणी उपक्षेत्रीय र नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा सबैभन्दा बढी चिकित्सक कार्यरत छन् । त्यसबाहेक अन्य निजी अस्पताल तथा नर्सिङ होममा पनि ठूलो संख्यामा चिकित्सक कार्यरत छन् । अधिकांशले निजी क्लिनिक, नर्सिङ होम, निजी अस्पताल र ल्याब समेत चलाएका छन् । वीरगन्ज मध्यक्षेत्र कै पुरानो र प्रसिद्ध स्वास्थ्य गन्तव्यमध्ये एक हो । नारायणी र जनकपुर अञ्चलका मात्र नभई छिमेकी भारतको बिहार राज्यबाट समेत बिरामीहरू यहाू उपचार गराउन आउँछन् । सबै खाले विशेषज्ञ चिकित्सक उपलब्ध रहेकाले यहाँका अस्पताल र नर्सिङ होमहरू बाह्रै ममहिना बिरामीले भरिभराउ हुन्छन् । बिहानदेखि बेलुकासम्म उनीहरू बिरामी जाँच्नमा व्यस्त हुन्छन् ।

0 comments
Write Down Your Responses