मसला व्यवसायी मोति दुगडलाई फापेन चुनाव सय मत कटाउने ४ जनामात्र
१३ मंसिर, काठमाडौं । संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा व्यवसायी मोति दुगडले खोलेको नवनेपाल निर्माण पार्टीको तामझाम निकै थियो । पाँचतारे होटलमा कार्यक्रम, पत्रपत्रिकाको मूख्य पृष्ठमा विज्ञापन, शहरका भित्ताहरुमा वाल पेन्टिङ । प्रचार-प्रसारमा दुगडले कुनै कमी गरेका थिएनन् । दुगड कम्पनीको मसलाको टिसर्ट लगाएर हिँड्नेहरुले रातारात भेष बदलेर नवनेपाल निर्माण पार्टीको टिसर्ट र टोपी पहिरिएका थिए । दुगडले एभरेष्ट होटलमा गरेको कार्यक्रमको प्रसारण टीभीले चुनावभर गरेको थियो । कार्यक्रम हेर्दा यस्तो लाग्थ्यो, देशका सुकिला मुकिला र शहरिया बुद्धिजीवीहरु सबैजना दुगडकै पक्षमा लागिसकेका छन् ।

सय मत कटाउने ३ जनामात्रै
दुगडको पार्टीले देशभर २२ जना उम्मेदवार खडा गरेको थियो, जसमा सय मत कटाउने ४ जना मात्रै देखिएका छन् । बाँकी सबैको मत दुई अंकको रहृयो । समानुपातिकमा पनि दुगडलाई संविधानसभामा पुर्याउने मत खसेको छैन । १ सय २४ क्षेत्रको मतगणना हुँदासम्म दुगडको पार्टी ४७ औं स्थानमा छ र ७ हजार २ सय २८ मत मात्रै पाएको छ । अहिलेको कुल खसेको मत अनुसार समानुतिकमा एक सभासदका लागि कम्तिमा २० हजार बढी मत चाहिने देखिन्छ ।
प्रत्यक्षतर्फ दुगडले पाएको मत
0 comments
Write Down Your Responses