तिलकोत्सव सम्पन्न, मटकोर आज(फोटो फिचर सहित)
रामजानकी विवाहपञ्चमी महोत्वपूर्ण महत्वपुर्ण विधि मध्येको एक तिलकोत्सव कार्यक्रम विहिवार सम्पन्न भएको छ । जानकी मन्दिरबाट १ सय ४० पाहुर (भार) लिएर नगरपरिक्रमा गर्दै जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्ण्ँव अपरान्ह राममन्दिर पुगेका थिए । पाहुरको रुपमा चुरा, दही, पुरी, ठेकुवा, खजुरीया, लडडु, मिठाई, जेरी लगायतका विभिन्न प्रकारका फलफूल समावेश गरिएको थियो ।

बाजागाजा सहित भरिया र जन्तीका साथ मिथिलाको पौराणिक परम्परा अनुसार राममन्दिर पुगेका जानकी मन्दिरका महन्थ वैष्ण्ँवलाइ राममन्दिरका महन्थ राम गिरिले अयोध्या परम्परा अनुसार भव्य स्वागत गरेका थिए ।
सो अवसरमा राम मन्दिरका महन्थ राम गिरी र जानकी मन्दिरका महन्थ राम तपेश्वर दास एक अर्कामा गला मिलेर सम्धी मिलान समेत गरेका थिए ।

स्थानिय महावीर युवा कमिटीले आयोजना गरेको तिलकोत्सव कार्यक्रममा भारतको अयोध्या, वृन्दावन, गया, जनयनगर, सीतामढी लगायतका विभिन्न स्थानका मठ मन्दिरका सन्त, महन्थको सहभागिता थियो ।

साथै सो अवसरमा नागरिक समाजका अगुवा, राजनितिक दलका प्रतिनिधि, विभिन्न कल्वका प्रतिनिध, नेपाली सेनाका साथै जिल्ला प्रहरी कार्यालय धनुषाका डिएपी संतोष सिंह राठौर, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजन भेटवाल, पत्रकार महासंघका सभापति रामअशिष यादव, समाजसेवी अमर चन्द्र अनिल लगायतको सहभागिता थियो ।

तिलकोत्सव कार्यक्रममा जानकी मन्दिरका महन्थ वैष्णवले त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान राम र सीताबीच भएको विवाहको स्मरण स्वरुप विभिन्न विधिका साथ विवाहपञ्चमी महोत्सव मनाउदै आएको बताए ।
यसैबीच शुक्रवार(आज) जानकी मन्दिरमा माता जानकी जीको मटकोर गर्ने कार्यक्रम रहेको छ ।

मटकोरमा स्थानिय धनुष सागर पोखरीबाट माटो खनेर ल्याइनेछ ।
नगर दर्शन, फूलवारी लिला, धनुषयज्ञ विधि सम्पन्न गर्दै विहिवार तिलकोत्सव कार्यक्रम मनाइएको हो । शनिवार भने भव्य रुपमा शुभ विवाहको आयोजना गरी विवाहपञ्चमी महोत्सव भव्यता पूर्वक मनाइनेछ ।

0 comments
Write Down Your Responses