एमाओवादीबिना संविधानसभा अपुरो : श्रेष्ठ संविधानसभाको बाटोमा दृढः भट्टराई

मंसिर १७ - एमाओवादीले १२ बुँदे समझदारी, अन्तरिम संविधान र बिस्तृत शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ता आफूलाई बेवस्ता गरी संविधानसभा अपुरो हुने बताएको छ । निर्वाचनमा 'धाँधली' भएको भन्दै छानविन आयोग र अन्तरिम संविधान संशोधन गरी सहमतीय प्रणालीमा जानुपर्ने माग सम्बोधन भएपछि संविधानसभाको पहिलो बैठक बस्न आग्रह गरेको छ ।
 य 'शान्ति प्रक्रिया, अन्तरिम संविधान र बिस्तृत शान्ति सम्झौताको मुख्य अंगलाई बेवास्ता गरेर संविधानसभाको पहिलो बैठक कसरी बस्न सक्छ ? यो अपुरो हुन्छ' नेता नारायणकाजी श्रेष्ठले कान्तिपुरसंग भने, 'त्यो बैठक बस्न हाम्रो पार्टीले अघि सारेका माग सम्बोधन हुुनु आवश्यक छ ।'
 एमाओवादीले आफ्नो माग पुरा नभए संविधानसभाको पहिलो बैठकमा सहभागी नभई ढिला गर्ने नीति लिएको छ । उनले कांग्रेस, एमालेसंग अनौपचारिक कुराकानी भए पनि फलदायी हुन नसकेको जनाए । 'छलफल भइरहेको छ' उनले भने, 'तर फलदायी हुन सकेको छैन ।'
 एमाओवादी आन्तरिक रुपमा पनि निर्वाचनको परिणामसम्बन्धी छानविन समिति बनाएको छ । त्यसले प्रतिवेदन दिएपछि पुसको पहिलो साता केन्द्रीय समिति बैठक बोलाएको छ । त्यसपछि मात्र उसले संविधानसभामा जाने/नजानेबारे निर्णय गर्ने छ । उसले निर्वाचनमा 'धाँधली' भएको दाबी गरे पनि दलहरुबीच सहमतिबाट संविधान लेख्ने कुरामा सहमति हुनुपर्ने मुख्य जोड छ । 'अग्रगामी संविधान सहमतिका आधारमा हुनुपर्‍यो, त्यसका लागि अन्तरिम संविधान संशोधन हुनुपर्‍यो' श्रेष्ठको भनाइ छ, 'हामीले संविधानसभामा जादैनौ भनेका छैनौ, हाम्रा मागको सम्बोधन हुनुपर्‍यो ।'
 एमाओवादीले संविधानसभामा आफू बाहेक दुई तिहाइ पुग्ने अवस्था भएकाले सहमतिबाट संविधान जारी गर्नुपर्ने प्रस्ताव अघि सारेको हो । कांग्रेस, एमाले र साना दल मिलाएर संविधानसभामा दुई तिहाईले संविधान जारी गर्दा आफूले भनेजस्तो हुन नसक्ने भन्दै सहमतीय प्रणालीमा जोड दिएको छ ।
संविधानसभाको बाटोमा दृढः भट्टराई
यसैबीच नेता बाबुराम भट्टराईले हा संविधानसभा निर्वाचनको परिणम एमाओवादीका लागि प्रतिकुल, अप्रत्याशित र अस्वाभाविक भए पनि यस बाट पटक्कै विचलित र हतास नहुन आग्रह गरेका छन् । उनले सामाजिक संजाल फेसबुकमार्फत शान्ति र संविधानसभाको बाटोबाट अघि बढ्ने प्रतिवद्धता समेत जनाएका छन् ।
 उनले पार्टीले भागिरहेको चुनौतिलाई अवसरको रुपमा ग्रहण गरेर मात्रै जीवनमा सफलता प्राप्त हुन्छ भन्ने तथ्यलाई दरोसंग आत्मसात गर्न समेत आग्रह गरेकमा छन् । 'हाम्रा आन्तरिक कमजोरीमाथि टेकेर नै प्रतिपक्षी वर्ग र शक्तिले षड्यन्त्रपूर्ण हर्कत गर्नसक्छ भन्ने बुझेर तदनुरुप रण्ानीति निर्माण्ाा गरौं' उनले शान्ति र संविधानभाको बाटो नछाड्ने उल्लेख गर्दै भनेका छन्, शान्ति र संविधानसभाको बाटोबाट प्राप्त उपलब्धिको रक्षा गर्दै अग्रमनको दिशामा अघि बढ्नु नै तत्काल सही कार्यदिशा हुन्छ भन्ने कुरामा दृढ रहौं ।'
 'विचलित र हतास नभै समग्र परिवर्तन,अग्रमन,न्याय,समानता र सम्व्रिध्दिको मार्गमा निरन्तर लागिरहन आग्रह गर्दछु' उनले भनेका छन्, 'जीत पछि हार र हार पछि जीतको लामो श्रंृंखला पार गरेर मात्रै सत्य र न्यायको अन्तिम जीत हुन्छ भन्ने इतिहासको नियमलाई नभुलौं ।'

0 comments

Write Down Your Responses

Powered by Blogger.