नेपाल र शरदको भाग्य
मंसिर १७ - सायद यसपल्टको भाग्य शरद भेषवाकरको नभई नेपालकै थियो । जब-जब शरदले इनिङ्सको अन्तिम क्षणमा ब्याट घुमाए, चौका र छक्का बर्सियो । र, नेपालले जित चुम्यो ।
समूह चरणमा केन्यासँगको खेल होस् या हङकङविरुद्धको महत्त्वपूर्ण क्याटरफाइनल (जुन खेल जितेर नेपाल विश्वकपमा छनोट भयो) वा यूएईविरुद्ध तेस्रो स्थानका लागि भएको खेल । तीनै खेलमा नेपाललाई अन्तिम ओभरमा क्रमशः केन्यासँग १७, हङकङसँग १३ र यूएईसँग ११ रनको खाँचो थियो । शरदले ब्याट घुमाए र केन्याविरुद्ध नटआउट, हङकङविरुद्ध नटआउट र यूएईविरुद्ध रन बटुल्दै नेपालको जित सुनिश्चित गरे । सम्पूर्ण दर्शक र टिमका सदस्य दबाबमा रहेको स्थितिमा शरदले भने सानदार रूपमा 'कुल' फिनिसिङ गरे ।
शरदकै उत्कृष्ट प्रदर्शनमा नेपाल पहिलोपल्ट ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटमा पुग्न सफल भयो । असोज ७ गतेअघिसम्म शरद नेपाली टिमबाट यूएईमा आईसीसी ट्वान्टी-ट्वान्टी विश्वकप छनोट खेल्न जाने कुनै ग्यारेन्टी थिएन । शरद आफैंले भने 'हरेस' खाएका थिएनन् । उनमा खेल्न पाउँदिन कि भन्ने पीडा मनभित्र त थियो तर पनि उनले नियमित कडा मिहिनेतमा ग्रेयर घटाएनन् ।
शरदले २०५१ मा बनाएको नाबालक प्रवेशाज्ञाबाट राहदानी बनाएर नेपालको प्रतिनिधित्व गर्दै आएका थिए । राहदानीको मिति कात्तिकमा टुंगिँदै थियो । भारतीय बाबु र नेपाली आमाका छोरा शरद सानैदेखि नेपाल बस्दै आए पनि र १५ वर्षदेखि नेपालका तर्फबाट क्रिकेट खेल्दै आए पनि सरकारले नागरिकता दिएको थिएन ।
नेपाल क्रिकेट संघ (क्यान) को पहलमा उनले असोज ७ मा नागरिकता पाए । शरदकी आमा हिमानी खडा मात्र होइन, सारा नेपाल खुसी भयो । टिमका हरेक सदस्य खुसी भए । शरद भने नागरिकता लिएकै दिन काठमाडौंको जिल्ला प्रशासन कार्यालयमा राहदानी र्फमको तयारी गरिरहँदा गम्भीर थिए । 'किन यस्तो दिन पनि खुसी हुनु हुन्न ?' भन्ने प्रश्नमा शरदले कान्तिपुरसँग भनेका थिए, 'यो त एउटा प्रक्रिया हो, सबैभन्दा मुख्य कुरा त नेपाल विश्वकप पुग्नु हो । मैले अहिले नागरिकता पाए पनि देशलाई विश्वकप पुर्याउन सकिनँ भने के काम हुन्छ र !'
र, यतिखेर सफलता चुमेर उनी मात्र होइन, सिंगो नेपाल खुसीले गद्गद् छ । आइतबार साँझ उनीसहितको नेपाली क्रिकेट टोली त्रिभुवन विमानस्थलमा उत्रँदा नेपाली खेलप्रेमीको खुसी छचल्किएर राजधानीको सडक राष्ट्रिय झन्डा फहराउँदै गुन्जयमान भयो, 'छक्कै छक्का हानिन्छ, विश्वकप खेलिन्छ...।'
यू-१५ उमेर समूहदेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका शरदले सन् २००४ मा राष्ट्रिय सिनियर टिममा 'डेब्यु' गरेका हुन् । मध्यक्रमका ब्याट्सम्यान शरद आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन-५, डिभिजन-४, डिभिजन-३ र एसीसी ट्रफी एलिटमा नेपाललाई जिताउँदा टिमको मुख्य सदस्य रहे । उमेर समूहका केही खेल नेपालका लागि राम्रो फिनिसर बन्दै निभाए । सिनियर टिममा राम्रो प्रदर्शन गर्न नसकेपछि सन् २०१० मा काठमाडौंमा भएको आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन-५ मा टिममा उनलाई सामेल गराए । तर टिममा परेका परेश लोहनीले व्यक्तिगत कारण देखाउँदै खेल्न नसक्ने बताएपछि शरद फेरि टिममा अटाए । प्रायः पाँचौं वा छैटांै नम्बरमा ब्याटिङ गर्न उत्रने शरदले त्यसबेला फिजीविरुद्ध नटआउट १०५ रनको उत्कृष्ट इनिङ्स खेले ।
यसै वर्षको अपि्रल-मेमा बर्मुडामा भएको डिभिजन-३ को फाइनल खेलमा युगान्डाविरुद्ध शरदले नटआउट ५० रनको उत्कृष्ट इनिङ्स खेले र नेपाललाई च्याम्पियन बनाए । 'त्यो इनिङ्सबाट शरदको .......विर्थ भनेको मान्न सकिन्न,' क्रिकेट विश्लेषक तथा अन्तर्राष्ट्रिय अम्पायर दुर्गानाथ सुवेदी भन्छन् ।
शरद अहिले ब्याटिङमा बढी केन्दि्रत छन् । प्रशिक्षक पुवुदु दासानायके र कप्तान पारस खडाले उनीबाट त्यस्तै आशा गरेका छन् । बीचमा केही समय उनले अप-स्पिन पनि फ्याले र राम्रो भूमिका निर्वाह गरे । एक वर्षअघिसम्म पनि शरदलाई टिममा सामेल गर्न ठाउँ खोज्नुपर्ने अवस्था थियो । तर अहिले शरद टिमका मुख्य सदस्य भएका छन्, चाहिएका बेलामा टिमलाई जित दिलाउन सक्ने भएर ।
नेपालले यसपल्ट यूएईमा रन फ्याँक्दा चार खेलमा विजयी रन शरदले नै हानेका छन् । उनले डेनमार्कबाहेक बाँकी तीन खेलमा उत्कृष्ट रूपमा नेपाललाई जिताए । केन्याविरुद्ध अन्तिम ओभरमा १७ रनको आवश्यक पर्दा उनैले तीन छक्कासहित २० रन प्रहार गरे । हङकङविरुद्ध अन्तिम ओभरमा १३ रन आवश्यक हुँदा शरदले एक चौका र एक छक्कासहित विजयी एक रन पनि प्रहार गरे । यूएईविरुद्धको खेलमा अन्तिम ओभरमा ११ रनको आवश्यक हुँदा सुरुआतको दुवै बलमा छक्का प्रहार गर्दै टिमलाई जित दिलाए ।
शरदले यसपल्ट समयमै नागरिकता नपाएको भए, उनी नेपाली टिममा हुने थिएनन् । खेल हर्दा उनको अनुपस्थितिमा नेपाललाई ऐतिहासिक सफलता हात पथ्र्यो/पर्थेन यसै भन्न सकिन्न । शरदले नागरिकता पाउनु नेपाली क्रिकेट टिम र शरद दुवैको 'लक' थियो ।

0 comments
Write Down Your Responses