पुलिसको जितमा जुमानुको हृयाट्रिक पुलिससँगै थ्रीस्टार क्वाटरफाइनलमा
२० मंसिर, काठमाडौं । नेपाल प्रहरी र थ्रीस्टार क्लब एनसेल कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बिहीबार भएको खेलमा पुलिसले जुमानु राईको हृयाट्रिकमा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३-० ले गोल अन्तरले पराजित गरेपछि थ्रीस्टार पनि एक खेल अगाबै अघिल्लो चरण प्रवेश गरेको हो । लगातार दुई हारपछि एपीएफ भने प्रतियोगिताबाट बाहिरिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले २७ औं मिनेटमा जुमानुको गोलबाट अग्रता लिएको थियो । ६५ औं मिनेटमा पुलिसको अग्रता दोब्बर पारेका जुमानुले ७१ औं मिनेटमा हृयाट्रिक पुरा गरे । एनसेल कपको यो सिजनमा यो पहिलो हृयाट्रिक हो ।
0 comments
Write Down Your Responses