ताप्लेजुङमा सालनालसहितको शिशु मृत फेला
ताप्लेजुङमा सालनालसहितको एक शिशु मृत अवस्थामा फेला परेको छ । सदरमुकाम नजिकैको अलैचि बगानमा स्थानीयबासीले मृतक शिशु फेला पारेका हुन् ।
फुङलिङ ७ शेर्पाटोल नजिकै रहेको भिम गुरुङको अलैचि बगानमा घाँड काट्ने क्रममा विहान ९ बजे गुरुङले बेवारीसे मृत शिशु फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
मंगोलियन अनुहार भएको शिशुको बारेमा पहिचान हुन नसकेको प्रहरीको भनाई छ । पोष्टमार्टका लागि शिशुको शवलाई जिल्ला अस्पताल ताप्लेजुङमा राखिएको छ । शिशु कसले फालेको हो भन्ने बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
0 comments
Write Down Your Responses