प्रवास
»
पत्रकार पाल्पालीका लागि करिब ३ लाख संकलन
पत्रकार पाल्पालीका लागि करिब ३ लाख संकलन

यहाँ रहेका पत्रकार तथा स्थानीयहरुको सहयोगमा उक्त रकम संकलन भएको हो । फेसबुक मार्फत सहयोग स“कलन शुरु गरिएको एक सातामा नै करिब ३ हजार अष्ट्रेलियन डलर संकलन गरिएको हो । सहयोग संकलन अभियानमा लागिपरेका मेलबर्नका पत्रकार पेशल लुईटेलका अनुसार यहा“ रहेका पत्रकारहरुले यथासक्य रुपमा सहयोग गरेको बताए । यसका साथै अन्य ब्यवसायीहरुले पनि सहयोग गरेका छन् ।
पत्रकार पाल्पाली लामो समयदेखि पत्रकारीता र साहित्यमा लागिपरेका छन् । उनका करिब आधा दर्जन पुस्तक प्रकाशित छन् । केही समयअघि उनको दुबै मृगौला खराब भएर काम गर्न छाडेपछि उनी ओछ्यान परेका छन् । उनको मृगौला प्रत्यारोपणको प्रयास भइरहेका कारण सहयोग स“कलन कार्यलाई तिब्रता दिइएको लुइटेलले बताए । पाल्पालीको उपचारमा सहयोगका लागि प्रतिबद्धता आइरहेका कारण सबै रकम जम्मा भइसकेपछि उनका परिवारलाई सहयोग रकम हस्तान्तरण गरिने उनले जानकारी दिए ।
उनलाई सहयोग गर्न चाहने ब्यक्तिहरुलाई तलको बैंक खातामा सहयोग गरिदिन समेत आग्रह गरिएको छ ।
कमनवेल्थ बैंक अष्ट्रेलिया
बि एस बि– ०६३ २३४
खाता नम्बर– १०६४११७३
Labels:
प्रवास
0 comments
Write Down Your Responses