मजदुरले अतिरिक्त सुविधा पाएपछि माथिल्लो मस्र्याङ्दीको काम सुरु

जदुर आन्दोलनका कारण शनिबारबाट काम ठप्प भएको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनामा काम सञ्चालन भएको छ ।
मजदुरहरुले राखेका माग पूरा गर्ने आयोजना व्यवस्थापनको प्रतिबद्धतापछि आयोजना सञ्चालन भएको हो । यसअघि शनिबार आयोजनामा कार्यरत एकजना सवारी चालकलाई व्यवस्थापनले हटाएको विरोधमा आयोजनाका मजदुरहरु आन्दोलनमा उत्रिएका थिए ।
मजदुहरुले किरिया बिदा, श्रमिक क्याम्पको स्थापना, सुरुङभित्र काम गर्दा प्रतिदिन अतिरिक्त ५० रुपैयाँ पाउनुपर्ने लगायतका आठबुँदे मागपत्र व्यवस्थापनमा बुझाएका थिए । मजदुरले राखेका माग पूरा गर्न आयोजना सहमत भएपछि आयोजना सञ्चालन भएको हो ।
सो आयोजनामा सवारीचालक पदमा कार्यरत दोलखा घर भएका अवतारसिंह लामाले मदिरा सेवन गरी सवारी चलाउनुका साथै सवारी दुर्घटना गरी क्षति पुर्‍याएको र व्यवस्थापन पक्षलाई जथाभावी बोलेपछि उनलाई आयोजनाले निष्कासन गरेको थियो । पछि दुवै पक्षबीच भएको वार्तामा निष्कासनमा परेका सवारीचालकलाई १० दिनसम्म निलम्बन गर्ने, उनलाई सवारी चालकबाट हटाएर अन्य कुनै काममा रोजगारी दिने र निर्माणको काम सञ्चालन गर्ने सहमति भएको थियो ।
५० मेगावाट क्षमताको सो आयोजनामा २०० नेपाली र २० चिनियाँ गरी ४०० मजदुर कार्यरत छन् । आगामी २५ महिनाभित्र आयोजनाको काम सक्ने गरी माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको काम भइरहेको छ ।
हाल बाँध, विद्युत् गृह, भूमिगत सुरुङ आदिको काम भइरहेको छ । १२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना चिनियाँ कम्पनी सिनो हाइड्रो र नेपालको सगरमाथा पावर कम्पनीको संयुक्त लगानीमा बन्न लागेको हो । रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.