एनआरएनए साउदीको सहयोगमा दुर्इ पीडित महिला स्वदेश फर्किंदै
साउदीका घरबाट मुश्किलले भागेर नेपाली दूतावास रियादको सेल्टरमा आइपुगेका दुर्इ पीडित नेपाली महिलाहरू स्वदेश फर्किदै छन् । उनीहरू एनआरएनए साउदीको सहयोगमा आइतवार राति एअर अरेबियाको फ्लाइट स्वदेश फर्किन लागेका हुन् । श्रीमान् दुर्व्यसनमा लागेपछि बिदेशिएकी खोटाङ जिल्लाको छोरम्बुकी कला रार्इ १३ महिना अगाडि साउदी आएकी हुन् ।
आफ्नो कुरा मालिकले नसुने पछि दुबइमा रहेका एक जना चिनेको दाईलाई दु:ख सुनाउँदा ”साउदीमा धरम के.सी.लाई खोज्नु” भने पछि उनले एसएलसी सम्मको अध्ययन पुरा गरिकी हुँदा सामाजिक सन्जाल फेसबुक मार्फत एनआरएनए साउदीका निबर्तमान अध्यक्ष धरम के.सी. लाई सम्पर्क गरी आफ्नो समस्या राखेपछि उहांको समन्वयनमा रियादमा रहेका एन सि सि अपाध्यक्ष डोरबहादुर कार्की र एन सिसी महासचिब जैबी राइको बिशेष पहलमा उक्त साउदीको घरबाट नेपाली दूताबासमा ल्याइएको राइले वताइन् ।
उनलाई ३ महिना अघि उद्दार गरी जवाजात हाउसमेड डिपार्टमेन्टमा २ महिना र बांकी समय नेपाली दूताबासको सेल्टरमा राखे पछि स्वदेस फर्किने बातावरण मिलेको हो ।
यसैगरी उनीसंगै बाके जिल्ला मणिकापुर ३ निबासी ३६ बर्षिया पञ्चमी पन्डित पनि स्वदेश फर्किदै छिन् । उनी पनि भारतको बम्बइ हुँदै साउदी आएकी हुन । साउदी आएको लामो समयसम्म साउदीको घरमा काम गरे पछि साउदीले नै दोस्रो घरमा बेचेको बताइन् ।
अत्यन्तै कामको चाप, खाना भने जती नदिने, बीमारी हुँदा उपाचार गर्न नलाने, तलब नदिने जस्ता समस्यामा परे पछी जे सुकै होस भागेर जान्छु, जहाँ पुग्छु पुग्छु, भनेर हिंडेको र एक पाकिस्तानी ट्याक्सी ड्राइभरले नेपाली दूताबाससम्म ल्याइदिएको बताइन् । यी दुई पीडित महिलाहरू हवाई टिकटका लागि एनआरएनए साउदीको महिला उद्धार कोषबाट जम्मा १३ सय ४० साउदी रियाल खर्च गरिएको छ । यस्तै उक्त कोषबाट उद्धार गरिने पीडित महिलाहरूको संख्या अब ३६ पुगेको छ ।


0 comments
Write Down Your Responses