मिस्टर एन्ड मिस बाग्मती


काठमाडौ, पुस २० -
विभिन्न नाममा हुने ब्युटी पेजेन्टहरूले आफ्नै महत्त्व राख्छन् । विद्यालय स्तरका सौन्दर्य प्रतियोगिताले बालबालिकाको आन्तरिक र बाह्य सौन्दर्य बढाई उनीहरूको आत्मविश्वास बढाउँछ । बाग्मती उच्च माविले यस्तै सिर्जनात्मक प्रतियोगिताको आयोजना गर्‍यो- मिस्टर एन्ड मिस बाग्मती २०७० ।

तीन सय छात्रछात्राहरूबाट अन्तिम छनोटमा परेका ५४ जनालाई जुनियर गल्र्स, जुनियर ब्वाइज र सिनियर गल्र्स गरी तीन समूहमा विभाजन गरिएको थियो । जुनियर गल्र्सतर्फ सिजन सिवाकोटीले सबैलाई उछिनिन् । श्रीयुक्ता निरौला बेस्ट पर्सनालिटी टाइटलसहित फस्ट रनरअप भइन् भने मिस क्याटवाक, बेस्ट डे्रस, बेस्ट हेयरसहित अश्मि श्रेष्ठ सेकेन्ड रनरअप भइन् । त्यस्तै, जुनियर व्वाइज समूहमा बेस्ट स्माइल टाइटलसहित राहुल खतिवडा अब्बल दरिए । मोस्ट ट्यालेन्टेड, मोस्ट फ्रेन्डली, बेस्ट ड्रेस टाइटलसहित जेम्स केसी फस्ट रनरअप भए । बेस्ट स्किन टाइटलसहित निश्चल केसी सेकेन्ड रनरअप भए ।

त्यसैगरी, सिनियर गल्र्सतर्फ  रानी बस्नेतले मिस बाग्मतीको ताज पहिरिन् । मोस्ट ट्यालेन्टेड, मोस्ट फ्रेन्डली टाइटलसहित स्वस्तिका बुढाथोकी फस्ट रनरअप भइन् भने मिस पस्र्नालिटी टाइटलसहित निनामा किराती सेकेन्ड रनरअप भइन् । लोक गायक कुमार बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न सो प्रतियोगिताको निणर्ायकमण्डलमा संविधानविद् भीमार्जुन आचार्य, कलाकार सुनिल थापा, फेसन डिजाइनर पूजा श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, नेपाल नृत्यकार संघका महासचिव दिनेश लामालगायत थिए । विभिन्न विधामा विजयी छात्रछात्रालाई लोकगायक बस्नेतले ताजसहित नगद, ट्रफी तथा प्रमाण वितरण गरेका थिए ।Print Friendly and PDF

0 comments

Write Down Your Responses

Powered by Blogger.