जनकपुरमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव, सम्बन्धित निकाय मौन

आप्नो स्टाफलाई कुटपीट गरेको भन्दै टैंकर चालकहरुले धनुषामा पेट्रोलियम पदार्थकोे ढुवानी काम ठप्प पारेका छन् ।
स्टाफलाई कुटपीट गर्ने व्यक्तिहरुलाई पक्राउ गरी कारबाहीको मांग गर्दै टैंकर चालकहरुले बुधबार दिउसोदेखि पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारेका हुन् ।
बुधबार बिहान भारतको बरौनी डिपोबाट डिजेल लिई धनुषाको महेन्द्रनगर डिपोतर्पm आउदै गरेको ना ४ ख २३४९ नम्बरको टैंकरका सहचालक (खलासी) लाई भारतको भिठ्ठामोडमा भारतीय उच्छश्रृंखल व्यक्तिहरुले कुटपीट गरेको थियो  ।
कुटपीटबाट घाइते भएको सहचालकको उपचार जनकपुर अंचल अस्पतालमा भइरहेको छ ।
कुटपीटबाट घाइते भएको सह–चालकको अवस्था खतरामुक्त रहेको जनकपुर अंचल अस्पताल श्रोतले जनाएको छ ।
कुटपीट गरेको व्यक्तिलाई पक्राउ गर्न भारतीय र नेपालको प्रहरीमा निवेदन दर्ता गराइसकेको छ ।
ती व्यक्तिहरुलाई पक्राउ गरी कारबाही नगरे पेट्रोलियम पदार्थको ढुवानी सुचारु नगर्ने चेतावनी टैंकर चालकहरुले दिएका छन् । चालकहरुले ढुवानी ठप्प पारेपछि सदरमुकाम जनकपुरसहित धनुषा जिल्लामा पेट्रोलियम पदार्थको कृत्रिम अभाव भएको छ ।
पेट्रोल पम्प संचालकहरुले पेट्रोलियम पदार्थको हड्ताल भएको कारण देखाउदै डिजल, पेट्रोल विक्रि वितरण बन्द गरेको छ । टैंकर चालकहरुले ढुवानी ठप्प पारेको २४ घण्टा नबित्दै जिल्लामा पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना भएको हो ।
२४ घण्टा नबित्दै पेटे«ालियम पदार्थको अभाव के कारणले भयो भने टुडेको जिज्ञासामा नेपाल आयल निगम महेन्द्र नगर डिपोका प्रमुख प्रदिप यादवले पेट्रोल पम्प संचालकको बदमाशी रहेको बताए ।
आपूर्ती ठप्प भएको केही घण्टा नबित्दै पेट्रोल पम्पमा तेलको अभाव हुनु अस्वभाविक हो । पेट्रोल पम्प संचालकहरुले तेल लुकाएकोले सर्वसाधारणलाई समस्या भएको हो । नगरमा संचालनमा रहेको झण्डै एक दर्जन पेट्रोल पम्पले बिहीबार पेट्रोल दिन मानेका थिएनन् । पेट्रोलियम पदार्थको भण्डारण पर्याप्त छदाछदै पेट्रोल पम्प संचालकहरुले गरेको कृत्रिम अभावले उपभोक्ता समस्यामा परेका छन् । 
यता, टैंकर सह चालकलाई कुटपीट गर्ने व्यक्तिहरुलाई पक्राउ गर्नको लागि महोत्तरीको प्रमुख जिल्ला अधिकारीलाई पहलको लागि आग्रह गरिएको नेपाल आयल निगम महेन्द्र नगर डिपो प्रमुख यादवले जनाए ।

 

0 comments

Write Down Your Responses

Powered by Blogger.