निर्वाचन रोकिदैन ः प्रधानमन्त्री हसिना

बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले केही दिनमा हुन लागेको आम निर्वाचन कुनै पनि हालतमा नरोकिने बताउनुभएको छ ।
 उहाले बिहीबार दिनुभएको एक टेलिभिजन सम्बोधनमा भन्नुभयो( जनवरी पाँचमा आह्वान गरिएको निर्वाचन कुनै पनि हालतमा रोकिदैन, भएरै छोड्छ । सरकारले व्यापक मात्रामा निर्वाचनको काम गरिरहेको भन्दै यसका लागि विपक्षीहरूलाई पनि निर्वाचनमा ल्याउने प्रयास सरकारले जारी नै राखेको बताउनुभयो ।
देशलाई बन्धक बनाएको भन्दै प्रधानमन्त्रीलाई राजिनामाका लागि विपक्षी दलहरूले दबाब दिइरहेका बेला उहाँले आज सो भनाई राख्नुभएको हो ।
उहा“ले विपक्षीहरूले आन्दोलनका नाममा देशलाई बन्धक बनाएको आरोप लगाउनुभयो । उहाँले निर्वाचन नरोकिने भन्दै सहभागिताका लागि आह्वान गर्नुभएको छ ।
 हामीले प्रमुख विपक्षी दल बङ्गलादेश नेसनल पार्टी (बिएनपी) लाई सरकारमा ल्याएरै निर्वाचनमा जाने पनि उहा“ले बताउनुभयो ।
 तर पनि विपक्षी दलहरूले भने वर्तमान सरकारले आह्वान गरेको निर्वाचनमा कुनै पनि हालतमा नजाने बताउँदै आएका छन् ।  बङ्गलादेशका विपक्षी दलहरूले आन्दोलन जारी नै राखेका छन् । सो आन्दोलनका कारण गएको दुई महिनामा मात्र १४० जनाको ज्यान गइसकेको छ । 
बङ्गलादेशको सरकारले आगामी जनवरी ५ मा आम निर्वाचनको घोषणा गरेको छ । तर सो निर्वाचन बहिस्कार गर्ने धम्की ती विपक्षीहरूले दिइरहेका छन् । कुनै पनि हालतमा निर्वाचन सार्नुपर्ने उनीहरूको माग छ । 
यसवर्ष बङ्गलादेशमा विगत लामो समयदेखि हिंसा जारी रहेको छ । उक्त ¥यालीपछि पनि देशमा हिंसाको बिजारोपण हुनसक्ने आशङ्कामा प्रहरीले विगतका केही दिनदेखि निर्वाचनको कारण देखाएर विरोध प्रदर्शनमा प्रतिबन्ध लगाएको हो ।
विपक्षीहरूले प्रधानमन्त्री शेख हसिनाले राजिनामा दिनुपर्ने र आगामी जनवरीमा आह्वान गरिएको निर्वाचन स्थगित गर्नुपर्ने माग गरिरहेका छन् ।
सन् १९७१ मा बङ््गलादेशमा भएको स्वतन्त्रता आन्दोलनमा युद्ध अपराध गरेको आरोप प्रमाणित भएपछि बङ्गलादेशका केही नेतालाई मृत्युदण्ड दिइएको छ । अरु पनि केही नेतालाई त्यस्तो कारबाही हुनसक्ने बताइएको
छ ।
सोही कारबाहीपछि बङ्गलादेशको विपक्षीले आन्दोलन सुरु गरेको हो । आन्दोलनकै क्रममा सरकारले नयाँ निर्वाचनको घोषणा गरेको हो ।
जारी आन्दोलनबाट प्रहरीले हस्तक्षेप गरी ठूलो सङ्ख्यामा कार्यकर्ता पक्राउ गरेको छ । विपक्षी र सरकारको यो पछिल्लो निर्णयका कारण पनि हिंसाको आशङ्का गरिएको छ ।
 

0 comments

Write Down Your Responses

Powered by Blogger.