लौ हेर्नोस् समानुपातिक र प्रत्यक्षतर्फका सभासदको पूर्ण विवरण (सूचीसहित)

निर्वाचन आयोगले ३ सय ३५ जना समानुपातिकतर्फका सभासदको सूचीलाई अन्तिम रुप दिएको छ । आयोगले विहीबार समानुपातिक र प्रत्यक्षतर्फका ५ सय ७५ जना सभासदको सूची राष्ट्रपतिसमक्ष बुझाएको हो । अब मन्त्रिपरिषदले २६ जना सभासदको नाम सिफारिस गरेपछि संविधानसभाले पूर्णता पाउने छ ।
Nepal-Election-12013-onlinekhabarसमानुपातिकतर्फ संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरु ३० पुगेका छन् । यीमध्ये एक/एकसीटमा प्रतिनिधित्व गर्ने दलका संख्या १० रहेको छ । पाँचवटा दलले दुई/दुई सीटमा प्रतिनिधित्व गरेका छन् । त्यसैगरी जनमोर्चा, नेमकिपा, नेकपा संयुक्त र राष्ट्रिय मधेस समाजवादी पार्टीले समानुपातिकतर्फ ३/३ सीटको प्रतिनिधित्व गरेका छन् । नेमकिपाले प्र्रत्यक्षतर्फ १ सीट जितेको छ ।
समानुपातिकमा सीपी मैनालीको नेकपा माले र अशोक राई नेतृत्वको संघीय समाजवादीले ५/५ सीटको प्रतिनिधित्व गरेका छन् । राजेन्द्र महतोको सद्भावना पार्टीले पनि पाँच सीटमा प्रतिनिधित्व गरेको छ ।
त्यसैगरी समानुपातिकमा तमलोपाले ७, फोरम नेपालले ८ र लोकतान्त्रिक फोरमले १० सीटमा प्रतिनिधित्व गरेका छन् । राप्रपाले पनि समानुपातिकमा १० सीटमा प्रतिनिधित्व गरेको छ । राप्रपा नेपालले २४, एमाओवादीले ५४, एमालेले ८५ र कांग्रेसले ९१ सीटमा प्रतिनिधित्व गरेका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.